एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले साँघुरो जित निकालेको छ ।
आइतबार भएको खेलमा आर्सनलले बर्नेमाउथलाई १-० ले पराजित गर्यो ।
घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन डेभिड लुइजले निर्णायक गोल गरे ।
खेलको नवौं मिनेटमा लुइजले गरेको गोल आर्सनलको जितमा निर्णायक बनेको हो ।

जितसँगै आर्सनलले ८ खेलबाट १५ अंक जोडेको छ । र, आर्सनल लिगको तेस्रो स्थानमा रहेको छ ।
पराजित बर्नेमाउथ लिगको १० अंक जोडेर ११ औं स्थानमा छ ।
