एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ४-१ गोल अन्तरले पराजित गर्यो ।
साउथह्याम्पटनको मैदानमा चेल्सीलाई जित दिलाउन टामी अब्राहम, मासुम माउन्ट, एन'गोलो कान्टे र मिची बात्सुआईले एक एक गोल गरे ।
साउथह्याम्पटनका ड्यानी इन्ग्सले एक गोल फर्काए ।
खेलको १७ औं मिनेटमा मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीको अग्रता २-० को बनाए ।

३० औं मिनेटमा ड्यानीले गोल गर्दै साउथह्याम्पटनलाई २-१ को स्थितिमा ल्याए । ४० औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई ३-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा बात्सुआईले गोल गर्दै चेल्सीलाई ४-१ को जित दिलाए ।

जितसँगै चेल्सीले ८ खेलबाट १४ अंक जोडेको छ । र, चेल्सी पाँचौं स्थानमा उक्लिएको छ । ७ अंक जोडेको साउथह्याम्पटन १६ औं स्थानमा छ ।
