एजेन्सी । जर्मन बुन्डेशलिगामा बोरुसिया डर्टमण्डले सिजनको तेस्रो बराबरी खेलेको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले फ्रिवर्गसंग २–२ गोलको बराबरी खेलेको हो ।
फ्रिवर्गको घरेलु मैदानमा दुई पटक अग्रता लिएपनि डर्टमण्डले त्यसलाई जोगाउन भने सकेन । अन्तिममा आत्मघाति गोल गर्दै अंक बाँड्न बाध्य भएको हो ।
एक्सल विटसेलले २० औ मिनेटमा डर्टमण्डलाई अग्रता दिलाएका थिए । लुका वाल्डस्चमिड्टले ५५ औ मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल गरे ।
अशरफ हकीमले ६७ औ मिनेटमा पुन डर्टमण्डलाई अग्रता दिलाएका थिए ।
खेल सकिन एक मिनेट बाँकी छदाँ म्यानुअल अकांजीले आत्मघाती गोल गरेपछि डर्टमण्ड अंक बाँड्न बाध्य भयो ।
डर्टमण्डले जारी सिजनमा तेस्रो बराबरी खेलेको छ । उ ७ खेलबाट १२ अंक सहित तालिकाको सातौ स्थानमा छ ।
फ्रिवर्ग १४ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।