एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले पहिलो जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा मिलानले जिनोआलाई २-१ गोल अन्तरले पराजित गर्दै मिलानले तेस्रो जित निकालेको हो ।
यस सिजन खराब प्रदर्शन गरिरहेको मिलानले जिनोआको मैदानमा सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । खेलको ४१ औं मिनेटमा लास्से स्चोनेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ५१ औं मिनेटमा थियो हर्नान्डेजले गोल गर्दै मिलानलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ५६ औं मिनेटमा डेभिडले रातो कार्ड खादा जिनोआ १० खेलाडीमा सिमित भएको थियो ।
त्यसपछि खेलको ५७ औं मिनेटमा फ्रान्क केसीइले पेनाल्टीमा गोल गर्दै मिलानलाई २-१ को जित दिलाए । यस्तै खेलको ७९ औं मिनेटमा डेभिड कालाब्रियाले दोहोरो पहेलो कार्डसहित राति कार्ड पाउँदा मिलान पनि १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै मिलानले ७ खेलमा ९ अंक जोडेको छ । मिलान तालिकाको ११ औं स्थानमा छ । ७ खेलमा ५ अंक जोडेको जिनोआ पुछारबाट दोस्रो स्थानमा छ ।

