एजेन्सी । रियल मड्रिडका स्टार ईडेन हजार्डले क्लबका लागि गरेको पहिलो गोलले आफुलाई आत्मविश्वास दिएको बताएका छन् ।
उनले ब्यक्तिगत रुपमा आफुले प्राप्त गरेको सफलता भन्दा टिमको जित महत्वपुर्ण हुने समेत धारणा राखे ।
चेल्सीका पुर्व स्टार हजार्ड यसै सिजन रियल मड्रिड आएका हुन् । तर उनी क्लबमा लयमा देखिन संघर्ष गरिरहेका छन् । उनी केही समय चोटले समेत पिरोलिए ।
रियल मड्रिडका लागि छैटौ खेलमा मात्र उनले गोल गर्न सफल भएका हुन् । उनलै प्रेरणादायी गोलमा रियलले ग्रानाडालाई ४–२ गोल अन्तरले हराएको छ ।
जितसंगै रियलले शीर्ष स्थानमा आफ्नो उपस्थिती बलियो बनाएको छ । घरेलु लिगमा दुई बर्षपछि बार्सिलोनालाई पछाडी पार्ने संकेत गरेको छ ।
'म जितका लागि निकै अनुग्रही छु ।' बेल्जियमका अन्तराष्ट्रिय स्टारले भने ।
'जब तिमी खेल्छौ, तिमी गोल गर्न चाहन्छौ । तर जित मुख्य कुरा हो । हामी अझै लिगको शीर्ष स्थानमा छ । त्यो हाम्रो आजको लक्ष्य हो ।' उनले थपे, 'सधै पहिलो गोल कठिन हुने गर्छ । तर मैले पाएको छु । यसले मलाई आत्मविश्वास दिएको छ । मैले महान क्लबमा अझै धेरै गोल गर्नेछु ।'
'आजको खेलमा गोल गर्नु मेरो लागि निकै महत्वपुर्ण थियो ।' हजार्डले भनेका छन् ।
ग्रानाडा अप्रत्यासीत रुपमा तालिकाको दोस्रो स्थानमा छ । रियलविरुद्वको जितले अन्तराष्ट्रिय विश्राम अघि ग्रानाडालाई तालिकाको शीर्ष स्थानमा राख्ने पक्का थियो ।
'साच्चिकै कठिन जित थियो । ग्रानाडाले निकै राम्रो खेलेको थियो ।' २८ बर्षका स्टारले प्रतिद्वन्दीबारे भनेका छन्, 'उनीहरु बलियो टिम हुन् । सोही कारण उनीहरु दोस्रो स्थानमा छन् ।'
'तर हामीले ९० मिनेट जितका लागि सबै चिज दिएका छाै ।' उनले भने, 'सुधारका लागि सधै अवस्था रहन्छ । तर तीन अंक महत्वपुर्ण हुन्छ ।'
रियल ८ खेलबाट १८ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । ग्रानाडा १४ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।
आईतबार एट्लेटिको र बार्सिलोनाले हासिल गर्ने नतिजामा ग्रानाडाको स्थान टुङ्गो लाग्नेछ ।