एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले अपराजित यात्रा कायम राखेको छ ।
शनिबार भएको खेलमा लिभरपुल लेष्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले अपराजित यात्रा कायम राखेको हो ।
घरेलु मैदानमा खेलको ४० औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । यो गोलसँगै मानेले लिभरपुलका लागि १०० औं खेलमा ५० गोल पुरा गरेका छन् ।
खेलको ८० औं मिनेटमा जेम्स म्याडीसनले गोल गर्दै लेष्टरलाई खेलमा फर्काएका थिए । तर, खेलको इन्जुरी समयमा जेम्स मिल्नरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।

जितसँगै लिभरपुलले ८ खेलमा २४ अंक जोडेको छ । र, लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई ८ अंकले पछि बनाएको छ । एक खेल कम खेलेको सिटीको १६ अंक छ ।
पराजित लेष्टर १४ अंक जोडेर तेस्रो स्थानमा छ ।

लिग अन्तर्गत नै भएको अन्य खेलमा बर्नलीले एभर्टनलाई १-० ले हराएको छ । एस्टन भिल्लाले नर्विच सिटीलाई ५-१ ले हराउँदा वाट्फोर्ड र सेफिल्डले गोलरहित बराबरी खेलेका छन् ।
