एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिख पराजित भएको छ । शनिबार भएको खेलमा वायर्न घरेलु मैदानमा होफेनहाइमसँग २-१ ले पराजित भएको हो ।
होफेनहाइमलाई जित दिलाउन सर्गिस अडामयानले दुई गोल गरे । वायर्नका रोबर्टो लेवान्डोस्कीले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा सर्गिसले गोल गर्दै होफेनहाइमलाई अग्रता दिलाएका थिए । खेलको ७३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए ।
तर, खेलको ७९ औं मिनेटमा सर्गिसले व्यक्तिगत दोस्रो गोल गर्दै होफेनहाइमलाई २-० को जित दिलाए ।
वायर्नको यो पहिलो हार हो । वायर्नले ७ खेलमा १४ अंक जोडेको छ । वायर्न लिगको शीर्ष स्थानमा छ ।
होफेनहाइम ८ अंक जोडेर ११ औं स्थानमा छ ।

अर्को खेलमा बोरुसिया डर्टमण्ड फ्रेईबर्गसँग २-२ गोलको बराबरीमा रोकिएको छ । बराबरीमा रोकिएको डर्टमण्डको १२ अंक रहेको छ ।