एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब टोटेनहमका गोलकिपर ह्युगो लोरिसले चोट बोकेका छन् ।
प्रिमियर लिग अन्तर्गत ब्राइटनविरुद्ध शनिबार भएको खेलमा लोरिसले चोट बोकेका हुन् । लोरिसले देब्रे हातको कुमको गम्भीर चोट बोकेका हुन् ।
बल रोक्ने क्रममा ल्यान्डिङ नमिल्दा उनको देब्रे हात फ्याक्चर भएको थियो । जसको कारण लोरिसलाई अक्सिजन लगाएर तत्काल अस्पताल लगिएको थियो । जुन खेलमा टोटेनहम ३-० ले पराजित भएको थियो ।
उनको चोट निकै गम्भीर भएको बताईएको छ । टोटेनहमका प्रशिक्षक पोचेटिनोले खेलपछि बोल्दै अस्पतालबाट खराब समचार आएको बताएका छन् ।



