धनगढी। कैलाली जिल्ला फुटबल संघले केटिएम वाईक अन्तर संघ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
धनगढी रंगशालामा शनिबार भएको फाईनलमा बैंकर्स क्लब धनगढीलाई पेनाल्टी सुटआउटमा हराउँदै कैलाली फुटबल संघले उपाधि जितेको हो । निर्धारित समय बराबरी भएपछिको पेनाल्टीमा कैलालीले बैंकर्सलाई ५-४ ले पराजित गर्यो ।
उपाधिसँगै कैलालीले ५० हजार नगद प्राप्त गरेको छ । उपविजेता भएको बैंकर्सले २५ हजारमा चित्त बुझाएको छ ।
नैनादेवी युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा विभिन्न संघ संस्थाका आठ टिमको सहभागीता रहेको थियो ।