एजेन्सी । टोटेनहमले अर्को अप्रत्यासीत नतिजा आत्मसाथ गरेको छ ।
टोटेनहम प्रिमियर लिग फुटबलमा शनिबार भएको खेलमा ब्राइटनसंग ३–० गोल अन्तरले पराजित भएको छ ।
टोटेनहमले च्याम्पियन्स लिगको पछिल्लो खेलमा जर्मन क्लब बार्यन म्युनिखसंग ७–२ को लज्जास्पद हार ब्यहोरेको थियो ।
टोटेनहमको यो लगातार दोस्रो ठुलो हार हो ।
ब्राइटनले बलियो टिम टोटेनहमलाई पराजित गर्दै सिजनको दोस्रो जित आत्मसाथ गरेको छ ।

घरेलु टोली ब्राइटनले खेलमा अग्रता तेस्रो मिनेटमा निल मौपेको गोलबाट लिएको थियो ।
३२ औ मिनेटमा आरोन कोनोलीले घरेलु टोलीको अग्रता दोब्बर पारे ।
६५ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै कोनोलीले ब्राइटनको जित सुनिश्चित गरे ।
सिजनमा दोस्रो जित निकालेको ब्राइटनले ८ खेलबाट ९ अंक जोड्दै तालिकाको १२ औ स्थानमा उक्लिएको छ । टोटेनहम ११ अंक सहित छैटौ स्थानमा छ ।