• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फेरी मेघराज !
हिम बिक्रम केसी
शनिबार, असोज १८, २०७६ हिम बिक्रम केसी
फेरी मेघराज !
मुख्य प्रशिक्षक मेघराज केसी । फाेटाे : थ्री स्टार क्लब

काठमाडौं । मेघराज केसी फेरी राष्ट्रिय टिम हेर्ने गरि फर्किएका छन् । तर उनले अब उमेर समुहको यू–१९ टिमको नेतृत्व गर्नेछन् । पछिल्लो हप्तामात्र यसको टुङ्गो लागेको हो ।

हुन त एन्फाको टेक्निकल कमिटिले मेघराज र छिरिङ लोप्साङको नाम प्रस्ताव गरेको थियो । तर एन्फाले पहिलो नम्बरमा सिफारिसमा परेका मेघराजलाई रोज्यो ।

मेघराज घरेलु फुटबलमा सर्वाधिक सफल प्रशिक्षक हुन् । ए डिभिजन शीर्ष क्लबको पहिलो रोजाईका प्रशिक्षक हुन्, उनी ।

एक हिसावमा उनलाई सेलिब्रेटी प्रशिक्षक भन्दा फरक पर्दैन । प्रशिक्षकको रुपमा उनी लोकप्रिय छन् ।

मेघराजले लामो समय राष्ट्रिय फुटबल टिममा काम गरे । सहायक प्रशिक्षकको रुपमा उनी लामो समय रहे । त्यस दौरान उनले नेपाल आएका धेरै विदेशी प्रशिक्षकसंग काम गर्ने मौका पाए ।

निखारिए, माझिए । फुटबलमा धेरै सिक्ने मौका पाए ।

त्यसैले पनि उनको व्यक्तिगत स्वभाव र काम गर्ने शैली अरु भन्दा फरक छ । फुटबललाई हेर्ने दृष्टिकोण र खेल दैरान उनले बनाउने रणनीति अरु भन्दा फरक छ ।

एउटा कुरा भनि हालौ, पछिल्ला ७ बर्ष उनी एन्फाभन्दा बाहिर रहे ।

यस दौरान काठमाडौंका ए डिभिजन क्लबहरु हेरे । हिमालयन शेर्पा गए, फेरी फ्रेन्ड्ससंग जोडिन आईपुगे । हिमालयन शेर्पा र फ्रेन्ड्समा झण्डै डेढ बर्षमात्र बिताए ।

अनि लागे विभागीय टिम आर्मीतिर ।

आर्मीलाई घरेलु फुटबलमा नयाँ शक्तिको रुपमा स्थापित गरे । उनी गएपछि हो आर्मीले घरेलु फुटबलमा उपाधि जित्न थालेको ।

झण्डै दुई बर्ष आर्मीमा बिताएपछि उनी विश्राम लिने मुडमा थिए । तर उनलाई फुटबलले कहाँ छोड्न मान्थ्यो र !

पुन थ्री स्टार क्लब सम्हाल्ने जिम्मेवारी आईलाग्यो । उनी अहिलेपनि थ्री स्टारमा छन् । मेघराज थ्री स्टारमा मुख्य प्रशिक्षक हुन् । पछिल्लो चार बर्ष यता उनी थ्री स्टारमा निरन्तर छन् ।

तर एक्कासी उनलाई उमेर समुहको राष्ट्रिय टिम हेर्ने जिम्मेवारी आईलाग्यो ।

यसको पनि एक खास कारण छ ।

केही हप्ता अघि नेपालले घरेलु भूमीमा साफ यू–१८ खेल्यो । सूरुवाती दुई संस्करणको उपाधि विजेता नेपालले घरेलु भूमीमै तेस्रो संस्करण जित्ने लक्ष्य राखेको थियो ।

तर नेपालको सपना क्षणभरमै भताभुंग बन्यो । नेपाल समुह चरणमा भुटानसंग ३–० को लज्जास्पद हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरियो ।

लगत्तै एन्फाले यू–१८ टिमका तीन जना प्रशिक्षकको राजीनामा माग्यो ।

तर त्यही टिमले अर्को महिना एएफसी यू–१९ छनोट च्याम्पियनसिप खेल्नपर्ने थियो ।

टिम मुख्य प्रशिक्षक विहिन अवस्थामा पुग्यो ।

एन्फाले यही जटिल अवस्थामा एएफसी छनोटको चुनौती सहित टिमको नेतृत्वमा मेघराज केसीलाई सुम्पिएको हो ।

हुन त मेघराजसंग उमेर समुहको टिम हेरेको धेरै अनुभव छैन । उनले धेरै समय सिनियर राष्ट्रिय टिमसंग काम गरे ।

तर देशले दिएको जिम्मेवारीबाट उनी पछि हट्न सक्ने अवस्थामा थिएनन् । उनले चुनौती स्विकार गर्ने निर्णय लिए ।

'लामो समय सिनियर टिम हेरेको अनुभव छैन । तर देशलाई आवश्यकता परेको बेलामा योगदान गर्न पर्छ भनेर स्विकार गरेको हुँ ।' मेघराजले खेलपाटीसंग भने ।

उमेर समुहको खासै अनुभव नभएका कारणले मेघराजले उमेर समुहकै अनुभवी प्रशिक्षकलाई सहायक राख्ने सोच बनाएका छन् । तर यसको टुङ्गो लाग्न बाँकी छ ।

एन्फाले दिएको चुनौतीबारे मेघराज पुर्ण जानकार छन् । अर्को कुरा, उनीसंग पर्याप्त समय पनि हुने छैन । करिब २० दिन उनले खेलाडीसंग बिताउन पाउनेछन् ।

साफमा नेपालले भुटान र माल्दिभ्ससंग प्रतिस्पर्धा गरेको थियो । तर एएफसी छनोटमा नेपालले बलिया प्रतिद्वन्दी ईरान, युएई र कीर्गिस्तानसंग खेल्नुपर्नेछ ।

'प्रतिद्वन्दी बलिया छन् । छोटो समयमा खेलाडीमा सिप सिकाउन सकिदैन ।' उनी भन्छन्, 'पोजिसनलाई प्राथमिकतामा राखेर खेलाडी छनोट गर्नुपर्नेछ ।'

मेघराज खेलाडीलाई मानसिक रुपमा तयार बनाउनु आफ्ना लागि मुख्य चुनौती मान्छन् ।

'खेलाडीको सिप र क्षमतालाई सतप्रतिशत प्रयोगमा ल्याउन मानसिक रुपमा तयार बनाउनु मुख्य चुनौती ठानेको छु ।' उनी भन्छन् ।

एन्फाले एएफसी छनोटका लागि प्रारम्भिक ४८ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । दशै लगत्तै खेलाडीको अभ्यास सुरु हुनेछ ।

Image may contain: one or more people, people playing sport and outdoor

अर्को कुरा भनिहालौ,

करिब दुई बर्ष अघि मेघराजलाई यू–२३ टिम हेर्न एन्फाले आग्रह गरेको थियो । तर उनले प्रशिक्षकको पद अस्विकार गरिदिएका थिए । उनले एन्फा सामु केही शर्त राखेका थिए ।

प्रशिक्षक पद पाउन हानथाप हुने नेपाली फुटबलमा मेघराजले उल्टै शर्त तेर्साएपछि एन्फा पदाधिकारी नि छक्क परे ।

एन्फासंग तमाम बिमती राखेर उनीले यू–२३ टिमको नेतृत्व स्विकार गर्न चाहेनन् । अरु बाहिरै बसे, क्लब हेरे ।

तर दुई बर्षपछि पुन उनी राष्ट्रिय टिम हेर्ने जिम्मेवारी सहित फर्किएका छन् । प्रश्न स्वभाविक रुपमा उठ्छ ।

फेरी उनले यू–१९ टिमको नेतृत्व किन स्विकार गरे त ?

'यहाँपनि मेरा केही शर्त छन् । तर शर्तहरु नखुलाउ होला ।' मेघराज भन्छन् ।

हसिलो मिजास तर कडा स्वभावका मेघराजले के एएफसी छनोटको चुनौती पार गर्लान् ?

अहिलेलाई मेघराजबाट सकारात्मक नतिजाको अपेक्षा गरौ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
umbro nepal
  • ताजा समाचार
  • खेल आज
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP