एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा (आज) शनिबार विभिन्न ४ खेलहरु हुँदैछ ।
ला लिगामा शनिबार शीर्ष स्थानको रियल मड्रिडले दोस्रो स्थानको ग्रानडासँग खेल्दैछ । रियलको मैदानमा हुने दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।
रियलको मैदानमा दुवै टिम जित निकाल्दै शीर्ष स्थान ओगट्ने लक्ष्यमा हुनेछन् । रियल ७ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा छ । १४ अंक जोडेको ग्रानडा दोस्रो स्थानमा छ ।
यस सिजन रियल र ग्रानडाले समान ४/४ खेल जितेका छन् । दुवै टिम पाँचौ जितको खोजीमा हुनेछ । र, जित निकाल्ने टिम शीर्ष स्थानमा रहनेछन् ।
यस्तै अर्को खेलमा भ्यालेन्सियाले डिपोर्टिभो अल्भेससँग प्रतिस्पर्धा गर्दा लेगानेस लेभान्टेको सामना गर्नेछ ।
शनिबार राति ओसासुना र भिल्ला रियलबीच पनि खेल हुनेछ ।