एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र इबरले बराबरी खेल्दै अंक बाडेका छन् ।
शुक्रबार राति भएको खेलमा बेटिस र इबरले १-१ गोलको बराबरी खेलेको हो ।
बेटिसको मैदानमा भएको खेलमा फाबियान ओरेल्लानाले ३३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इबरलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६६ औं मिनेटमा लोरेन मोरोनले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए ।
यस्तै खेलको इन्जुरी समयमा गोन्जालोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा इबर १० खेलाडीमा समेटिएको थियो ।
यो बराबरीसँगै इबरले ८ खेलबाट ९ अंक जोडेको छ । इबर नवौं स्थानमा छ । ९ अंक जोडेको बेटिस १२ औं स्थानमा छ ।