धनगढी । कैलाली जिल्ला फुटबल संघ केटिएम वाईक अन्तर संघ फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाईनलमा नेपाल खेलकुद पत्रकार मञ्चलाई २-१ ले हराउँदै कैलाली उपाधि नजिक पुगेको हो ।
कैलालीका लागि रगवेन्द्र कार्की र डवल थापाले एक एक गोल गरे । पत्रकार मञ्चका सन्तोष रावतले एक गोल फर्काए ।
त्यस्तै दोस्रो सेमिफाईनल भने बराबरीमा सकिएको छ । कैलाली उद्योग वाणिज्य संघ र वैंकर्स क्लब धनगढीले ३-३ को बराबरी खेलेपछि सेमिफाईनलको नतिजा अनिश्चित बनेको छ । रात परेपछि पेनाल्टी समय हुन नसक्दा नतिजा नआएको हो । यसको विषयमा आयोजकले गरेको निर्णय मान्ने दुवै टिमले बताएका छन् ।
नैनादेवी युवा क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजार पाउने छन् ।