एजेन्सी । युभेन्ट्का मिडफिल्डर आरोन राम्सीले पोर्चुगलका अन्तराष्ट्रिय स्टार क्रिस्टियानो रोनाल्डो सामान्य मानिस रहेको बताएका छन् ।
यसै सिजन सिरि ए क्लब युभेन्ट्स पुगेका राम्सीले आफुलाई टुरिनमा ब्यवस्थित हुन रोनाल्डोले सहयोग गरिरहेको बताएका हुन् ।
राम्सी फ्रि टान्सफर अन्तर्गत टुरिन क्लब आएका थिए । उनले ११ बर्ष प्रिमियर लिग क्लबमा बिताएका थिए । उनको पुर्व क्लब आर्सनल च्याम्पियन्स लिगमा छनोट हुन संघर्षरत हुदै आएको छ ।
वेल्सका अन्तराष्ट्रिय स्टार राम्सीले रियल मड्रिडका पुर्व स्टारले आफुलाई नयाँ परिवेशमा घरको महशुश गराएको उल्लेख गरेका छन् ।
'उनी अरु जस्तै सामान्य छन् । उनी खेलका लागि एक महान खेलाडी हुन् । तर उनी मात्र सामान्य मानिस हुन् ।' राम्सीले रोनाल्डोको बारेमा भनेका छन् ।
'क्लबमा परिवारको जस्तो भावना छ । सबै एक चिज हासिल गर्न चाहन्छन् । खेल र उपाधि जित्न चाहन्छन् । सबै प्रेरित छन् । उनीहरु जे गर्छन्, त्यसमा धेरै ध्यान दिन्छन् ।' राम्सीले थपे ।
राम्सीलाई आर्सनलले सम्झौता नविकरणका लागि निकै पहल गरेको थियो । तर उनले लण्डन बसाई टुङ्गाउदै युभेन्ट्स जाने निर्णय गरेका थिए ।
'सिजनको अन्तिममा कुरा भएको थियो ।' राम्सीले भने, 'त्यहाँ धेरै असमझदारी थिए । त्यस अवस्थामा निर्णय लिएको हुँ । सोही कारण मलाई अन्य विकल्प हेर्न पर्यो । आर्सनल संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको छ ।' उनले थपे ।
'त्यहाँ निकै महान खेलाडी छन् । धेरै प्रतिभा आउदैछन् । उनीहरु पक्कैपनि सही दिशामा गईरहेका छन् । तर मेरो अहिलेको अवस्था भनेको युभेन्ट्समा छ । मैले धेरै क्लबबाट अकल्पनिय अवसर पाएको थिए ।' राम्सीले भने ।
'म युभेन्ट्सको हिस्सा हुन चाहन्थे । क्लब र सहकर्मीलाई केही महान चिज हासिल गर्नका लागि सहयोग गर्न चाहन्थे ।' राम्सी थप्छन् ।