काठमाडौं । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा अध्यक्ष कप बागमती गाउँपालिका खुला फुटबल प्रतियोगिता असोज २९ गतेदेखि हुने भएको छ ।
नकआउट प्रतियोगितामा अनुमाति २२ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष बुद्धराज नेगीले जनाएका छन् ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । सेमिफाइनलमा पराजित हुने २ टिमलाई समान २०–२० हजार नगदबाट पुरस्कृत गरिने छ ।
आठदिने प्रतियोगिताका खेलहरु प्युटारस्थित खयरघारीमा हुने छ ।