काठमाडौं । भुटानमा हुने तेस्रो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिप खेल्ने नेपाली टिमको बिदाई गरिएको छ ।
शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा कमप्लेक्समा एक कार्यक्रमको आयोजना गरेर भुटान जाने ३१ सदस्यीय नेपाली टिमको बिदाई गरिएको हो ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र मानार्थ उपाध्यक्ष शिक्षित पराजुलीले नेपाली टिमलाई औपचारिक बिदाई गर्दै शुभकामना दिएका थिए ।
नेपाली टिम असोज २० गते भुटानतर्फ प्रस्थान गर्नेछ ।
नेपालले भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले भारतसँग असोज २२ गते खेल्नेछ ।
यस्तै नेपालले असोज २४ गते बंगलादेश, असोज २६ गते आयोजक भुटानसँग खेल्नेछ ।
लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । गत संस्करणमा नेपाल चौंथो भएको थियो ।

भुटान जाने खेलाडीमा सुनकला राई, कुमारी तामाङ, मनिषा राउत, अनु राई, ममता पुन, मनमाया दमाई, निकिता थोकर, सुरक्षा सुखरिया, अमिषा कार्की, पुष्पा गुरुङ, मन्दिरा राई छन् ।
त्यस्तै, सरा बज्राचार्य, सरु ह्माल, प्रिती राई, पुजा थापा, सावित्री किसन, सबिना चौधरी, सुक्ष्मा घर्तिमगर, अस्मिता रानापाल, मञ्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, देब्या मगर र लिला जोशीले समेत भुटानको यात्रा गर्नेछन् ।
नेपाली टिमको मुख्य प्रशिक्षकमा राकेश क्षेष्ठ, सहायक प्रशिक्षकमा भगवती थापा र गोलकिपर कोचमा मिनबहादुर बस्नेत छन् ।
भुटानको थिम्पुमा हुने प्रतियोगिता असोज २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।