एजेन्सी । युरोपा लिग फुटबलमा स्कटिस क्लब सेल्टिकले पहिलो जित निकालेको छ ।
समूह चरण अन्तर्गत बिहिबार राति भएको खेलमा सेल्टिकले सीएफआर क्लुजलाई २-० ले पराजित गर्दै पहिलो जित निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा सेल्टिकलाई जित दिलाउन ओड्सोने एडोवार्ड र मोहमदले एक एक गोल गरे । जितसँगै सेल्टिक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
समूह 'ई' को सेल्टिकले २ खेलमा ४ अंक जोडेको छ । क्लुजले २ खेलमा २ अंक जोडेको छ ।
यसै समूहको अर्को खेलमा लाजियोले रेनसलाई २-१ ले हराएको छ । लाजियोको ३ अंक रहेको छ । रेनस १ अंक जोडेर पुछारमा छ ।