एजेन्सी । युरोपा लिग फुटबलमा स्पेनिस क्लब सेभियाले साँघुरो जित निकालेको छ ।
समूह चरण अन्तर्गत बिहिबार राति भएको खेलमा सेभियाले एपोल निकोसियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
सेभियाको जितमा जाभियर हर्नान्डेजले निर्णायक गोल गरे । घरेलु मैदानमा हर्नान्डेजले खेलको १७ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
जितसँगै समूह 'ए' को सेभियाले २ खेलमा ६ अंक जोडेको छ । र, तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पराजित निकोसिया २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।
यस समूहको अर्को खेलमा क्वाराबागले जित निकालेको छ ।