एजेन्सी । सन् २०२० मा आयोजना हुने युरो कप फुटबलको छनोट अन्तर्गत चेक रिपब्लिक र बुल्गेरियाविरुद्धको खेलका लागि इंग्ल्याण्डले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले बिहिबार २५ सदस्सीय टिमको घोषणा गरेका छन्।
साउथगेटले घोषणा गरेको टिमबाट मिडफिल्डर डेली अली र जेसे लिंगार्ड बाहिरिएका छन् ।
तर, डिफेन्डर फिकायो टोमोरी र फरवार्ड टामी अब्राहम पहिलो पटक टिममा परेका छन् ।
छनोट अन्तर्गत इंग्ल्याण्डले अक्टोबर ११ मा चेक रिपब्लिक र १४ अक्टोबरमा बुल्गेरियाको सामना गर्नेछ ।