एजेन्सी । इटालियन क्लब युभेन्ट्सका लिजेण्ड क्लाउडियो मार्चिसियोले फुटबलबाट सन्यास लिएका छन् । इटालीका मिडफिल्डर मर्चिसियोले बिहिबार पत्रकार सम्मेलन गर्दै फुटबलबाट सन्यास घोषणा गरेका छन् ।
रुसी क्लब जेनिट सेन्ट पिटर्सवर्गका मिडफिल्डर मार्चिसियोले गत सिजन युभेन्ट्स छाडेका थिए ।
युभेन्ट्समा २५ वर्ष बिताएका उनले युभेन्ट्सबाट ३८९ खेल खेलेका छन् । जसमा मार्चिसियोले युभेन्ट्सबाट ७ पटक सिरी ए लिग र ४ पटक कोप्पा इटालिया जितेका छन् । उनले युभेन्ट्सबाट ३७ गोल गरेका छन् ।
बल ब्वाई हुँदै खेलाडी बनेका ३३ वर्षीय मार्चिसियो युभेन्ट्सको युथ टोलीबाट सिनियर टिममा आएका खेलाडी हुन् । मार्चिसियोले सिनियर टोलीमा सन् २००६ मा गरेका थिए । जतिबेला युभेन्ट्स सिरी ए फुटबलको 'बी' डिभिजनमा रहेको थियो ।
मार्चिसियोले इटालीबाट ५५ खेल खेलेका थिए ।