काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी यू–१९ च्याम्पिनयसिप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
एन्फाले बिहीबार प्रतियोगिताका लागि ४८ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएको छ ।
एन्फाले बुधबार मात्रै टिमको नयाँ प्रशिक्षक चयन गरेको थियो । एन्फाले यसअघि राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा समेत काम गरिसकेका मेघराज केसीलाई यू–१९ टिमको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
सहायक प्रशिक्षक र गोलरक्षक प्रशिक्षकको टुंगो भने केहि दिनमा लाग्ने एन्फाको भनाई छ ।
काठमार्डाैंमा भएको साफ यू–१८ च्याम्पियसिपमा नेपाल समूह चरणबाटै बाहिरिएपछि एन्फाले तीन जना प्रशिक्षकलाई राजीनामा दिन लगाएको थियो ।
लगत्तै मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठ, सहायक सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षक छन्नुराम चौधरीले नैतिकताका आधारमा राजीनामा दिएका थिए ।
एएफसी छनोटका लागि नेपाली टिमको तयारी अक्टोबर ११ बाट सुरु हुने एन्फाले जनाएको छ ।
समूह डीमा रहेको नेपालले आयोजक इरानसँगै युएई र कीर्गिस्तानको सामना गर्नेछ । एन्फाले साफ यू–१८ खेलेका २३ खेलाडीलाई समावेश गर्दै ४८ खेलाडी बोलाएको हो ।
जसमा यसअघि भुटानमा नेपाललाई दोस्रो पटक साफ च्याम्पियनसिप बनाएका ७ खेलाडी समावेश छन् ।
साफले एक पटक प्रतियोगिता खेलेको खेलाडी अर्काे प्रतियोगितामा खेल्न नमिल्ने नियम राखेपछि केही खेलाडी टिमबाट बाहिरिएका छन् ।
४८ खेलाडी सुची :
व्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डांगी, शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, रेजिन सुब्बा, जयाँ गुरुङ, मनिष थापा कुशल थापा, विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, बिशाल बस्नेत, अलिक रुम्बा, एन्जल महर्जन, विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी, पुजन होडा, अशिम भुषाल, बिकाश खवास, कर्मा शेर्पा, बिशाल शाहि, विजय श्रेष्ठ, निराजन महर्जन ।