एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर बर्नार्डो सिल्भालाई कारबाही हुने भएको छ । इन्ग्लिश फुटबल एसोसिएसनले आफ्नै टिमका सहकर्मीलाई लेखेको ट्वीटको बिषयमा सिल्भालाई कारबाही गर्ने भएको हो ।
पोर्चुगिज मिडफिल्डर सिल्भाले आफ्नै टिममा सहकर्मी बेन्जामिन मेन्डीलाई स्पेन र पोर्चुगलमा लोकप्रिय चकलेट ब्राण्ड कोङगिटोससँग तुलना गर्दै ट्वीट गरेका थिए । पछि उनले ट्वीट हटाएर ठट्टा गरेको बताएका थिए ।
फुटबल एसोसियसनले सिल्भाले एफएको जातीय र रंगभेदीय नियम तोडेको जनाएको छ । सिल्भालाई अक्टोबर ९ सम्म स्पष्टीकरण दिन समेत एफएले निर्देशन दिएको छ ।
यस घटनामा सिल्भा दोषी पाइएमा उनलाई ६ खेलको प्रतिबन्ध हुने बताइएको छ ।