एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा इन्ग्लिश क्लब चेल्सीले आज (बुधबार) राति फ्रेन्च क्लब लिली ओलम्पिक स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
चेल्सीले लिलीसँग उसैको घरेलु मैदानमा खेल्नेछ । चेल्सी र लिलीबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
फ्रान्सको भ्रमण गर्दा लिली पहिलो अंकको खोजीमा हुनेछ । पहिलो खेलमा पराजित चेल्सी ३ अंक जोड्ने लक्ष्यमा हुनेछ ।
समूह चरणको पहिलो खेलमा चेल्सी भ्यालेन्सियासँग १-० ले पराजित भएको थियो । तर, दोस्रो खेलमा चेल्सी सो हार बिर्साउने योजनामा हुनेछ ।
समूह 'एच' मा रहेको चेल्सी अंक विहिन रहदै तेस्रो स्थानमा छ ।
अंक विहीन रहेको लिली पुछारमा रहेको छ । घरेलु मैदानमा भने लिली अंक जोड्न चाहन्छ । पहिलो खेलमा लिली आयाक्ससँग ३-० ले पराजित भएको थियो ।
यसै समूहको अर्को खेलमा भ्यालेन्सियाले आयाक्सको सामना गर्नेछ । दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् ।
यस समूहमा आयाक्स शीर्ष र भ्यालेन्सिया दोस्रो स्थानमा छ ।