एजेन्सी । युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा सर्वाधिक धेरै बिपक्षि टिमविरुद्ध गोल गर्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेका छन् ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति वायर लिभरकुसेनविरुद्ध गोल गर्दै रोनाल्डोले स्पेनका लिजेण्ड फुटबलर राउलको कीर्तिमानसँग बराबरी गरेका हुन् ।
सो खेलमा युभेन्ट्सले लिभरकुसेनलाई ३-० ले हराएको थियो ।
लिभरकुसेनविरुद्ध गोल गरेसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा ३३ क्लबविरुद्ध गोल गरे । र, रियल मड्रिडका पूर्व स्टार राउलले बनाएको कीर्तिमानमा बराबरी समेत गरे ।
अब रोनाल्डोले एक नयाँ प्रतिद्वन्द्वीविरुद्ध गोल गरे कीर्तिमान बनाउने छन् ।
रोनाल्डोको प्रतिद्वन्दी लियोनल मेस्सीले ३२ क्लबविरुद्ध गोल गरेका छन् ।