एजेन्सी । नर्थ अमेरिकन फुटबलको सर्वोच्च निकाय कोनकाफका पूर्व महासचिव इन्रिके सान्चलाई फुटबलमा आजीवन प्रतिबन्ध लागेको छ ।
भ्रष्ट्राचारमा दोषी पाइएपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कुनैपनि फुटबल गतिविधिमा संग्लग्न हुन नपाउने गरि इन्रिकेलाई आजीवन प्रतिबन्ध गरेको हो ।
सन् २०१२ देखि १५ सम्म फिफा,कोनकाफ, क्यारेबियन फुटबल युनियन, साउथ अमेरिकन फुटबलको विभिन्न प्रतियोगितामा उनले ठुलो बघुस खाएको फिफाले जनाएको छ ।
कोलम्बियाका इन्रिकेमाथि फिफाले सन् २०१५ बाट अनुसन्धान थालेको थियो ।
यस्तै फिफाले उनलाई १ लाख स्विस फ्रान्क जरिवाना समेत गरेको छ ।