एजेन्सी । बेल्जियमका इडेन हजार्ड इन्ग्लिश प्रिमियर लिगमा उत्कृष्ट खेलाडीमा पर्थे । तर, यसै सिजन चेल्सी छाडेर हजार्ड स्पेनिस क्लब रियल मड्रिड आएका छन् ।
पाँच वर्षे सम्झौता गर्दै मड्रिड आएका हर्जाडले स्पेनमा भने उच्च प्रदर्शन गर्न सकिरहेका छैनन् । ला लिगामा ७ खेल सकिदा हजार्डले रियलबाट सोचेअनुरूप प्रदर्शन दिन सकेका छैनन् ।
प्रिमियर लिग स्टार हजार्ड मड्रिडमा असफल भएपछि उनको असफलताको कारणहरु खोजिन थालेको छ । र, हालै स्पोर्ट्स किडाले हजार्ड असफल हुनुको चार कारण सार्वजनिक गरेको छ ।
हर्जाडले मड्रिडमा उच्च प्रदर्शन गर्न नसक्नुको ४ कारणहरु यसप्रकार छन् ।
१. फिटनेसको कमी
रियल मड्रिडमा हजार्ड जम्न नसक्नुको प्रमुख कारणमध्ये फिटनेस पनि हो । हजार्ड आफैमा कमजोर फिटनेस भएका खेलाडीमा पर्छन् ।
चेल्सीमा रहदा पनि उनको फिटनेसमा सधै समस्या आउने गर्थ्यो । रियल आएपछि पनि उनको फिटनेसमा कुनै परिवर्तन आएन ।
रियलले हजार्डबाट क्रिस्टियानो रोनाल्डो जत्तिको फिट खेलाडी चाहेको छैन तर उनको फिटनेसमा सुधारको आवश्यकता देखेको छ ।
यस्तै हजार्डलाई स्पेनको वातावरणमा घुलमिल हुन समेत समय लागेको छ ।
२. नयाँ टिम
रियल हजार्डको लागि नौलो टिम हो । लामो समय चेल्सीमा बिताएका हजार्डलाई रियलको टिमसँग घुलमिल हुन समय लागेको छ ।
रियलको टिमसँग पूर्ण रुपमा घुलमिल नहुँदा उनलाई उच्च प्रदर्शन गर्न समस्या देखिएको छ । यस्तै उनले चेल्सीमा रहदा जस्तो बल पकड जमाउन समेत सकिरहेका छैनन् ।
त्यसैले नयाँ टिम भएको कारण पनि हजार्ड रियालमा जम्न सकेका छैनन् । उनको लय विस्तारै फर्कने अनुमान गरिएको छ ।
३. आत्मविश्वासको कमी
विश्व स्तरीय खेलाडीसँग मैदानमा सधै उच्च आत्मबल हुन्छ । तर, रियल आए पछि हजार्डमा आत्मविश्वासको कमी देखा परेको छ ।
रियल हजार्डको ‘ड्रिम क्लब’ हो । र, हजार्ड आफ्नो आइडलसँग खेलिरहेका छन् । जसको कारण हजार्ड नर्भस भएका छन् ।
यस्तै नयाँ टिमका साथीहरुसँग हजार्ड खुल्न सकेका छैनन् । जसको कारण पनि उनको प्रदर्शनमा कमि आइरहेको छ ।
४. क्लबमा सुरुवाती दिन
यसै सिजन क्लब आएका हजार्डको लागि ला लिगामा सकिएको ७ खेलहरु सुरुवाती खेल हो । फरक लिगका खेलाडी फरक लिगमा आएपछि त्यसमा भिज्न समय लाग्छ । हजार्डको लागि पनि यो नियम लागु हुन्छ ।
यस्तै चेल्सीका लागि हजार्ड जति महत्वपूर्ण थिए । रियलका लागि त्यति धेरै छैनन् । रियल अझै पनि लुका मोड्रिचलाई महत्वपूर्ण खेलाडी मान्छन् ।