एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (सोमबार) राति दुई ठुला क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ ।
युनाइटेड र आर्सनलबीचको खेल युनाइटेडको घरेलु मैदानमा हुनेछ । ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ ।
यस सिजन मध्यम प्रदर्शन गरिरहेको दुवै टिम जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछन् ।
घरेलु मैदानमा युनाइटेड तेस्रो जितको खोजीमा हुनेछ । र, युनाइटेड शीर्ष पाँचमा पुग्न चाहन्छ । लिगको ११ औं स्थानमा रहेको युनाइटेडले ६ खेलबाट मात्र ८ अंक जोडेको छ ।
तर, युनाइटेडलाई आर्सनलले कडा चुनौती दिनेछ । आर्सनल युनाइटेडलाई उसैको मैदानमा स्तब्ध बनाउँदै शीर्ष तीनमा पुग्न चाहन्छ । आठौं स्थानको आर्सनलको ६ खेलमा ११ अंक रहेको छ ।