एजेन्सी । स्पेनिस मिडफिल्डर जुवान माटाले म्यानचेस्टर युनाइटेडसँग सम्झौता गर्नु आफ्नो सही निर्णय भएको बताएका छन् ।
३१ वर्षे अट्याकिङ मिडफिल्डर माटा सन् २०१४ मा लण्डन क्लब चेल्सीबाट युनाइटेड आएका थिए ।
‘केही मानिसहरुले मलाई भन्छन् युनाइटेडसँग सम्झौता गर्नु गलत समय थियो तर यस क्लबसँग रहनु मेरो लागि विशेष छ ।’ माटाले डेलीमेलसँग भने ।
युनाइटेड आफ्नो लागि ड्रिम क्लब रहेको बताउदै माटाले क्लबबाट खेल्न पाउनु आफ्नो लागि सुअवसर रहेको बताए ।
‘म सानो छँदा क्लबले जितेको देख्थें । जब युनाइटेड आउने मौका पाए । म युनाइटेडको खेलाडी भएको महसुस गर्न चाहन्थें ।’ माटाले थपे ।
युनाइटेडमा ६ वर्ष बिताउँदा माटाले प्रिमियर लिग उपाधि जित्न सकेका छैनन् । उनले क्लबमा एफए कप, काराबाओ कप र युरोपा लिग भने जितिसकेका छन् ।
तर, माटाले युनाइटेड प्रिमियर लिग उपाधिको नजिक रहेको बताए ।
‘जब हामीले प्रिमियर लिग जितेरहेका थियौं म त्यो चाहन्छु । अहिले के भइरहेको छ त्यो परिवर्तन गर्न चाहन्छु,' माटाले भने, 'हामी नजिक रहेका छौ ।’