एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा नापोलीले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा नापोलीले ब्रेसियालाई २-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा नापोलीलाई जित दिलाउन ड्रिएस मेर्टेन्स र कोस्टास मोनालासले एक एक गोल गरे । ब्रेसियाका मारियो बालोटेलीले एक गोल फर्काए ।
जितसँगै नापोली लिगको चौंथो स्थानमा उक्लिएको छ ।
नापोलीले ६ खेलमा १२ अंक जोडेको छ । ६ अंक जोडेको ब्रेसिया १४ औं स्थानमा छ ।

इटालियन सिरी 'ए' अन्तर्गत नै अर्को खेलमा एसी मिलान पराजित भएको छ । मिलान फियोरेन्टिनासँग ३-१ ले पराजित भएको हो ।
मिलानको यो चौंथो हार हो । हारसँगै मिलानले ६ खेलमा मात्र ६ अंक जोडेको छ । मिलान लिगको १६ औं स्थानमा छ । नवौं स्थानको फियोरेन्टिनाको ८ अंक छ ।