काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलमा भारतका मीतेइ निन्थोइङबा सर्वोकृष्ट खेलाडी घोषित भएका छन् ।
भारतलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका मिडफिल्डर निन्थोइङबा सर्वोकृष्ट खेलाडी चुनिएका हुन् ।
उनको प्रेरणादायी प्रदर्शनमा भारतले आइतबार बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ ।
यस्तै बंगलादेशका फरवार्ड फोयसल अहमेद फाहिम सर्वाधिक गोलकर्ता चुनिए ।
