काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको उपाधिका लागि अहिले भारत र बंगलादेशबीच प्रतिस्पर्धा भईरहेको छ ।
हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा जारी खेलको पहिलो हाफ सकिदा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका छन् ।
खेलमा बिक्रम प्रताप सिंहले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, बंगलादेशका एसिन अर्फातीले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काए ।
खेलमा बंगलादेश ९ खेलाडी र भारत १० खेलाडीमा सिमित रहेर प्रतिस्पर्धा गरिरहेका छन् । खेलको दौरान बिपक्षि खेलाडी विरुद्ध जाई लागेपछि नेपालका रेफ्री कबिन व्यन्जनकारले भारतिय खेलाडी गुर्किरात सिंहलाई रातो दिएका थिए । यस्तै बंगलादेशका मोहमद रिडोयले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाए ।
यस्तै बंगलादेशका अर्फाती गोल गरेपछि खुसियाली मनाउने क्रममा जर्सी फुकालेपछि दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदा उनि मैदानबाट बाहिरिएका छन् ।
आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।