एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा उपाधि दाबेदार क्लब बोरुसिया डर्टमण्ड बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्ड वेर्डर ब्रेमेनसँग २-२ गोलको बराबरीमा रोकिएको छ ।
डर्टमण्डको घरेलु मैदानमा खेलको सातौं मिलोट राशिकाले गोल गर्दै ब्रेमेनलाई अग्रता दिलाएका थिए । नवौं मिनेटमा मारियो गोट्जेले गोल गर्दै डर्टमण्डलाई खेलमा फर्काए ।
खेलको ४१ औं मिनेटमा मार्को रिउसले गोल गर्दै डर्टमण्डलाई २-१ को अग्रता दिलाए । तर, खेलको ५५ औं मिनेटमा ब्रेमेनका मार्को फ्रेड्लले गोल गर्दा डर्टमण्ड २-२ गोलको बराबरीमा रोकियो ।
बराबरीसँगै डर्टमण्डले ६ खेलबाट ११ अंक जोडेको छ । डर्टमण्ड सातौं स्थानमा छ । ब्रेमेन ७ अंक जोडेर दशौं स्थानमा छ ।