एजेन्सी । स्पेनिस लिगमा मड्रिड डर्बी गोल रहित बराबरमा सकिएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिड र एट्लेटिको मड्रिडले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
रियल अंक जोड्दै तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।
एट्लेटिकोको मैदानमा रियल राम्रो लयमा देखिएपनि गोल गर्न भने सकेन ।
रियल घरेलु लिगमा भने अपराजित रहन सफल भएको छ ।
प्रि–सिजन खेलमा एट्लेटिकोले रियललाई ७–१ ले हराएको थियो । तर शनिबार पहिलो हाफमा एट्लेटिकोले दुई प्रहार मात्र रियलको पोस्टमामा थियो ।

ग्यारेथ वेलले रियललाई अग्रता दिलाउने मौका पाएका थिए । तर नाचो उपलब्ध गराएको क्रसमा उनको प्रहार पोस्टबार हुदै बाहिरिएको थियो ।
अन्तिम समयमा करिम बेन्जिमाको प्रहारलाई एट्लेटिकोका गोलकिपर जान ओबलाकले उत्कृष्ट बचाउ गर्दै टोलीलाई बराबरीमा रोक्न सफल भएको थिए ।
बराबरीसंगै एट्लेटिको समेत बार्सिलोनालाई पछाडी पार्दै तेस्रो स्थानमा उक्लिएको छ ।
शीर्ष स्थानको रियलको १५ अंक छ । तेस्रो स्थानको एट्लेटिकोको १४ अंक छ । बार्सिलोना १३ अंक सहित चौथो स्थानमा छ ।