• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
उपाधि भिडन्तमा भारत र बंगलादेश
नमीन ढकाल
आइतबार, असोज १२, २०७६ नमीन ढकाल
उपाधि भिडन्तमा भारत र बंगलादेश
खेलकाे अघिल्लाे दिन ट्रफी सहित दुवै देशका खेलाडी । फाेटाे : खेलपाटी ।

काठमाडौं । नेपालमा जारी तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज (आईतबार) भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुदैछ ।

काठमाडौंको हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा दुवै टिम पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछन् ।

अघिल्ला दुई संस्करणको उपाधि नेपालले जितेको थियो । घरेलु मैदानमा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो । त्यसैले आइतबार साफ यू–१८ ले नयाँ च्याम्पियन राष्ट्र पाउने छन् ।

नयाँ च्याम्पियन बन्न भारत र बंगलादेश तयार देखिएका छन् । सेमिफाइनलमा शानदार जित निकाल्न सफल दुवै टिमलाई उपाधिका मुख्य दाबेदार मानिएको छ ।

खेलको अघिल्लो दिन दुवै टिमले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।

’प्रतियोगिता निकै रोमान्चक रह्यो । पहिलो खेल नै महत्वपूर्ण थियो । र, हामी योग्य पनि थियौं । फाइनलका लागि उत्साहित छौँ,’ भारतका मुख्य प्रशिक्षक फ्लोरिन पिन्टोले फाइनल अघिको प्रि म्याच कन्फरेन्समा भने, ’हरेक खेलमा हामीले सुधार गर्दै लगेका छौं । हामी फाइनलमा रमाउने छौँ ।’

Image may contain: 2 people, people playing sport and outdoor

भारतले समूह चरणमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने श्रीलंकालाई ३–० ले हराएको थियो । सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ४–० ले हराएको थियो । त्यसैले भारत फाइनलमा उच्च मनोबलका साथ मैदान उत्रने छ ।

तर, भारतलाई पहिलो रोजाईको गोलकिपर तथा नियमित कप्तानको अनुपस्थिति खड्कने छ ।

’कप्तान खेल्ने छैनन् । तर, तयारी राम्रो छ । शरीरिक रुपमा उनीहरु बलिया छन् । हामी फरक तरिकाले खेल्नेछौँ,’ प्रशिक्षक पिन्टोले थपे ।

पहिलो रोजाईका गोलकिपर प्रभ्सुखान सिंह समूह चरणको पहिलो खेलमा घाइते भएका थिए । उनको अनुपस्थितिमा जितेन्द्र सिंहले भारतको कप्तानी गर्ने छन् ।

Image may contain: 1 person, smiling, playing a sport, standing and outdoor

यता, बंगलादेशले समूह चरणमा श्रीलंकालाई ३–० ले नै हराएको थियो । समूह चरणमा भारतसँग बराबरी खेलेको बंगलादेशले सेमिफाइनलमा भुटानमाथि ४–० को फराकिलो जित निकालेको थियो ।

भारतविरुद्ध उपाधिका लागि मैदान उत्रदा बंगलादेश अघिल्ला खेलको नतिजा कायम राख्दै च्याम्पियन बन्न चाहन्छ ।

’हामीले फाइनलका लागि योजना बनाएका छौँ । सबै खेलाडी पूर्ण फिट छन् र खेलाडीमा प्रतिस्पर्धा गर्ने मानसिकता छ,’ बंगलादेशका मुख्य प्रशिक्षक एन्ड्रयु पिटर टर्नरले भने, ’सबै खेलाडीमा उपाधिको भोक छ । हामी यस क्षणलाई सम्झन लायक बनाउने छौँ ।’

Image may contain: 5 people, people smiling, people playing sport and outdoor

यस्तै प्रशिक्षक एन्ड्रयुले भारत बलियो टिम रहेको कारण उपाधिका धेरै आत्मविश्वासी नरहेको समेत बताए ।

’आत्मविश्वासी छौँ तर धेरै हैन । किनकी भारतलाई आदर गर्नु पर्छ ।’ प्रशिक्षक एन्ड्रयुले थपे ।

भारत र बंगलादेशबीचको फाइनल खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । त्यसअघि बिहान साढे १० बजे एन्फा कम्प्लेक्समा भुटान र माल्दिभ्सबीच तेस्रो स्थानको लागि खेल हुनेछ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
चेल्सी जाने पक्का भए जेमी
चेल्सी जाने पक्का भए जेमी
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP