एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले बोर्डूअक्सलाई १-० गोल अन्तरले पराजित गर्यो ।
पीएसजीको जितमा नेयमार नायक बने । पीएसजीको जितमा नेयमारले निर्णायक गोल गरे ।
बोर्डूअक्सको मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा नेयमारले निर्णायक गोल गरेका थिए ।
जितसँगै पीएसजी लिगको शीर्ष स्थानमा उक्लिएको छ । पीएसजीले ८ खेलमा १८ अंक जोडेको छ । पराजित बोर्डूअक्स १२ अंक जोडेर लिगको पाँचौं स्थानमा छ ।

