एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता वायर्न म्युनिखले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा वायर्नले एससी पाडेरवोर्नलाई ३-२ गोल अन्तरले हराएको हो ।
पाडेरवोर्नको घरेलु मैदानमा भएको खेलमा वायर्नलाई जित दिलाउन सेर्गी गेनब्री, फिलिपे कौटिन्हो र रोबर्टो लेवान्डोस्कीले एक एक गोल गरे ।
पाडेरवोर्न केइ प्रोग्रर र जामिलु कोलिन्सले एक एक गोल फर्काए ।
जितसँगै वायर्न लिगको शीर्ष स्थानमा उक्लिएको छ । वायर्नले ६ खेलबाट १४ अंक जोडेको छ ।
पराजित पाडेरवोर्न १ अंक जोडेर लिगको पुछारमा रहेको छ ।
