एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले ब्राइटनलाई २-० गोल अन्तरले पराजित गर्यो । चेल्सीको जितमा जोर्गीन्हो र विलियनले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै चेल्सीले जित निकालेको हो ।
खेलको ५० औं मिनेटमा जोर्गीन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ७६ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।
जितसँगै चेल्सीले ७ खेलबाट ११ अंक जोडेको छ र चेल्सी लिगको छैटौं स्थानमा उक्लिएको छ । ब्राइटन ६ अंक जोडेर १६ औं स्थानमा छ ।

लिग अन्तर्गत अर्को खेलमा १० खेलाडीमा सिमित टोटेनहमले साउथह्याम्पटनलाई २-१ ले हराएको छ । खेलको ३१ औं मिनेटमा सेर्गीले दोहरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा टोटेनहम १० खेलाडीमा सिमित बनेको थियो ।
जितसँगै चौंथो स्थानको ७ टोटेनहमले ११ अंक जोडेको छ ।
लिग अन्तर्गत नै वुल्भ्सले वाट्फोर्डलाई २-० र क्रिस्टल प्यालेसले नर्विचलाई २-० ले हराएको छ । एस्टन भिल्ला र बर्नली तथा बर्नेमाउथ र वेस्ट ह्यामले २-२ गोलको बराबरी खेलेका छन् ।