एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा युभेन्ट्सले एसपीएएललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन मिरालिम पाजनिक र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।
खेलको ४५ औं मिनेटमा पाजनिकले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ७८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई २-० ले जित दिलाए ।

जितसँगै युभेन्ट्स लिगको शीर्ष स्थानमा उक्लिएको छ । युभेन्ट्सले ६ खेलबाट १६ अंक जोडेको छ ।
एसपीएएलको ६ खेलमा ३ अंक छ । र, एसपीएएल लिगको पुछारबाट दोस्रो स्थानमा छ ।
