काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले अहिले आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ ।
इन्डियन एसोसियसनको मैदानमा नेपालविरुद्ध टस जितेको सिंगापुरले पहिले ब्याटिङ गरिरहेको छ । र, नेपाललाई पहिलो सफलता मिलेको छ ।
करण केसीले नेपाललाई पहिलो सफलता दिलाए । करणले रोहण रंगराजनलाई ६ रनमा आउट गरे ।
सिंगापुरले ४ ओभर सकिदा १ विकेट गुमाएर ३० रन जोडेको छ ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । सिरिजको फाइनलमा पुग्न नेपाललाई जित आवश्यक छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।