एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले मिडफिल्डर ग्रानिट झाकालाई स्थायी कप्तान चयन गरेको छ ।
टिमका नियमित कप्तान लाउरेन्ट कोसेल्नीले क्लब छाडेपछि मुख्य प्रशिक्षक युनाई इम्रीले झाकालाई स्थायी कप्तान बनाएका हुन् । लाउरेन्ट यसै सिजन फ्रेन्च क्लब बोर्डूअक्स गएका थिए ।
मुख्य प्रशिक्षक इम्रीले लिगमा म्यानचेस्टर युनाइटेडसँगको खेलअघि कप्तान चयन गरेको हो । उनले टिममा समेत झाकालाई स्थायी कप्तान बनाईएको जानकारी गराएका छन् ।
स्विजरल्याण्डका २७ वर्षे झाकाले यस सिजनको ८ खेलमा ६ खेलमा आर्सनलको कप्तानी गरिसकेका छन् ।
प्रिमियर लिगमा आर्सनलले आइतबार राति युनाइटेडको सामना गर्नेछ ।