एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज (शनिबार) साविक विजेता युभेन्ट्सले एसपीएएलसँग प्रतिस्पर्धा गर्दैछ ।
युभेन्ट्सले घरेलु मैदानमा एसपीएएलसँग खेल्ने छ । दुई टोलीबीचको खेल ६:४५ मा सुरु हुनेछ ।
घरेलु मैदानमा युभेन्ट्स सहज जितको खोजीमा हुनेछ । र, शीर्ष स्थानको इन्टर मिलानलाई दबाब दिन चाहन्छ । युभेन्ट्स ५ खेलमा १३ अंक जोडेर दोस्रो स्थानमा छ । इन्टर १५ अंक जोडेर शीर्ष स्थानमा छ ।
घरेलु मैदानमा युभेन्ट्सलाई स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको साथ रहनेछ । चोटका कारण रोनाल्डो मंगलबार भएको ब्रेसियाविरुद्धको खेलमा अनुपस्थित रहेका थिए । तर, शनिबार भने रोनाल्डो सुरुवात-११ मै रहेर खेल्ने बताईएको छ ।
सिरी 'ए' अन्तर्गत नै अर्को खेलमा इन्टरले साम्पडोरियासँग खेल्नेछ । त्यस्तै सासोउलोले एटलान्टाको सामना गर्ने छ ।