काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा प्रथम भयौलिकुण्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
बाह्रबिसे नगरपालिकास्थित मान्द्रामा हुने प्रतियोगितामा असोज १८ देखि २२ गतेसम्म हुनेछ । प्रतियोगितामा १८ टिमको सहभागिता रहेको छ ।
भयौलिकुण्ड युवा क्लब र सेतीदेवी युवा क्लबको आयोजना हुने प्रतियोगिताको विजेताले ५० हजार पाउने छन् । यस्तै उपविजेताले २० हजार पाउने आयोजकले जनाएको छ ।