एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा भिल्ला रियलले फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा भिल्ला रियलले रियल बेटिसलाई ५-१ गोल अन्तरले पराजित गर्यो ।
भिल्ला रियलको जितमा कार्ल टोको एकाम्बीले दुई गोल गरे । यस्तै सान्ति काजोरल, जेरार्ड मोरेनो र सामुएल चुक्वुएजेले एक एक गोल गरे । रियल बेटिसका इमरसनले एक गोल फर्काए ।
जितसँगै भिल्ला रियल लिगको पाँचौ स्थानमा उक्लिएको छ । भिल्ला रियलले ७ खेलमा ११ अंक जोडेको छ । रियल बेटिस ८ अंक जोडेर नवौं स्थानमा छ ।