एजेन्सी । बार्सिलोनाका स्टार लियोनल मेस्सी मैदान फर्कने बिषय अनिश्चित बनेको छ । सिजनको पहिलो खेलमा मैदान उत्रिएका मेस्सीले चोट बोेकेका थिए ।
चोटका कारण मेस्सीले शनिबार हुने स्पेनिस लिग अन्तर्गत गेटाफेविरुद्वको खेल गुमाउने भएका छन् ।
तिघ्राको चोटका कारण मेस्सीले स्पेनिस लिगको सुरुवाती चार खेल गुमाएका थिए । उनी च्याम्पियन्स लिगको बोरुसिया डर्टमण्डविरुद्वको खेलमा समेत बेन्चमा थिए ।
ग्रानाडासंग २–० ले पराजित हुनु अघि घरेलु मैदानमा भिल्ला रियलविरुद्व २–१ ले जित निकालेको खेलमा मेस्सीले पहिलो हाफपछि मैदान छाडेका थिए ।
'मलाई थाहा छैन, उनी कति समय मैदान बाहिर हुन्छन् ।' बार्सिलोनका प्रशिक्षक ईर्नेस्टो भाल्भर्डेले भने, 'आशा गरौ उनी चाँडै टिमसंग हुनेछन् । चोट गम्भिर छैन । सबै चिज कसरी अघि बढिरहेको छ भनेर हामी अर्को हप्ता हेर्नेछौ ।'
'यदी उनी खेल्छन भने त्यो हाम्रो लागि ताकत हो । यदी उनी खेल्दैनन् भने हामीसंग निर्णायक खेलाडी हुदैनन् । तर हामीले व्यवस्थापन गर्न पर्छ । यो एउटा झट्का हो तर हामीले जारी राख्नपर्छ ।' उनले भने ।
बार्सिलोना स्पेनिस लिगमा शीर्ष स्थानका रियल मड्रिड भन्दा ५ अंकले पछाडी छ ।