• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
क्यान निर्वाचन आज – पाण्डे र चन्द भिड्दै
खेलपाटी संवाददाता
शनिबार, असोज ११, २०७६ खेलपाटी संवाददाता
क्यान निर्वाचन आज – पाण्डे र चन्द भिड्दै

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वका लागि आज (शनिबार) निर्वाचन हुदैछ । नेतृत्वका दुई प्रत्यासी पुर्व अध्यक्षद्वय विनयराज पाण्डे र चतुरबहादुर चन्द प्यानल सहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

पुर्व अध्यक्ष पाण्डेको प्यानलमा पदाधिकारीमा उपाध्यक्षमा मिङ्मा डाण्डु शेर्पा, सचिवमा बिनोद मैनाली र कोषाध्यक्षमा उपेन्द्र भट्टराईले उम्मेदवारी दिने टुङ्गो लागेको छ ।

चन्दको प्यानलमा उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशनकुमार सिंहले उम्मेदवारी दिने पक्का भएको हो ।

शुक्रबार सुरु क्यानको विशेष साधारण सभाले चार पदाधिकारी सहित १७ सदस्यीय कार्यसमितिको चयन गर्नेछ ।

जिल्ला र प्रदेशबाट आएको ५९ प्रतिनिधिले निर्वाचनमा मतदान गर्नेछन् ।

करिब तीन बर्ष अघि क्यान निलम्बनमा परेपछि नेपाली क्रिकेटको विवाद समाधानका लागि आईसीसीले पहल गर्दै आएको छ । आईसीसीले क्यानको नयाँ विधान बनाउनेदेखि नेतृत्वका लागि निर्वाचन समेत गराउन लागेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर क्यानको विशेष साधारण सभाको उद्घाटन गरिएको थियो ।

चुनावी कार्यतालिका :

आईसीसीको स्वतन्त्र कमिटिले तयार गरेको कार्यतालिका अनुसार उम्मेदवारी मनोनयन दर्ता बिहान ८ देखि ९ बजेसम्म रहेको छ । उम्मेदवारी दर्ता भएको सुचि बिहान ९ बजेर ३० मिनेटमा प्रकाशन गरिने कार्यतालिका रहेको छ ।

उम्मेदवारले नाम फिर्ता लिन बिहान ९ः३० देखि १०ः३० सम्मको समय छुट्याईएको छ ।

निर्वाचन कमिटिले मतदानका लागि दिउँसो १ देखि २ः३० बजेको समय छुट्याएको छ । नतिजा घोषणा ३ः४५ देखि ४ बजेसम्म गरिने कार्य तालिकामा उल्लेख गरिएको छ । आजै अपरान्ह ४ बजेर ५ बजेभित्र पद हस्तान्तरणको कार्यतालिका रहेको छ ।

क्यानको निर्वाचनसंगै लामो समयदेखिको क्रिकेट विवाद समाधान हुने अपेक्षा गरिएको छ ।

को को छन् प्रतिनिधि ?

प्रदेश १ संग ८ भोट रहेको छ । जिल्ला प्रतिनिधिको रुपमा अर्जुन पौडेल, लाक्पा लामा, रोशन बुढाथोकी, कैलाश विष्ट र शम्भु शर्मा छन् । प्रदेश प्रतिनिधिको रुपमा नेकपाको भातृ संगठन युवा संघका केन्द्रिय नेता मिंग्मा दण्डु शेर्पा, शिरिष उपाध्याय र मनोज कटुवाल छन् ।

प्रदेश २ संग १२ भोट रहेको छ । पुर्व कप्तान पवन अग्रवाल जिल्ला प्रतिनिधिको रुपमा आउँदा हिरा भगत, पवन गुप्ता, दाउद अन्सारी, आयुष श्रेष्ठ, सुनिल महासेठ, रोशनकुमार सिंह र माधव कर्माचार्य जिल्ल प्रतिनिधि बनेर आएका छन् । प्रदेश प्रतिनिधिको रुपमा अनिल शर्मा, आकाश पाण्डे, मुर्तुजा हवारी र सुनिलकुमार शाह छन् ।

प्रदेश ३ संग ९ भोट रहेको छ । विनयराज पाण्डेको प्रभाव रहेको प्रदेशमा दिपेन्द्र ढकाल, कैलाश प्रधान, नरेश राना, अमितबिर पाण्डे, उपेन्द्र भट्टराई छन् । प्रदेश प्रतिनिधिको रुपमा प्रफुल्ल वैद्य, किरण क्षेत्री र दर्गाराज पाठक रहेका छन् ।

प्रदेश ४ संग ६ भोट रहेको छ । क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा प्रतिनिधि रहेको जिल्लामा सुदिप शर्मा, सन्जयकान्त सिग्देल, राजबाबु श्रेष्ठ रहेका छन् । यस्तै ऋषीराम गौतम र प्रकाश पौडेल प्रदेश प्रतिनिधि छन् ।

प्रदेश ५ र ६ संग १२ भोट छ । बिनोदकुमार मैनाली जिल्ला प्रतिनिधिको रुपमा आउँदा अशोकनाथ प्याकुरेल, प्रशान्तबिक्रम मल्ल, राजेश श्रेष्ठ, प्रदीप मजगैया, प्रकाश गैरे र कृण्णप्रसाद श्रेष्ठ र प्रकाश गैरेले जिल्लाबाट प्रतिनिधित्व गरेका छन् । प्रदेश ६ को सुर्खेत प्रतिनिधिको रुपमा पदमबहादुर खड्का रहेका छन् । प्रदेश प्रतिनिधिको रुपमा सन्जय गुरुङ, सन्जयराज सिंह, श्रीधर केसी र विनयराज भण्डारी रहेका छन् ।

प्रदेश ७ संग १२ भोट रहेको छ । चुतुरबहादुर चन्द प्रतिनिधि जिल्लाबाट बिक्रम विष्ट, जयन्ती भट्ट, बासुदेव जोशी, दिनेश सिंह, धिरेन्द्र साउद, बिरेन्द्रबहादुर चन्द र प्रबिन्द्रबहादुर धामी प्रतिनिधि रहेका छन् ।

प्रदेशबाट हरि रेग्मी, हरिप्रसाद उप्रेती, तेजप्रकाश भट्ट र आशिषकुमार खत्री प्रतिनिधि छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP