काठमाडौं । नेपालमा जारी तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा अहिले भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा जारी खेलको पहिलो हाफ सकिदा भारतले २-० को अग्रता बनाएको छ ।
भारतका लागि नरेन्द्ररले एक गोल गरे । भारतले एक गोल आत्मघाती उपहार पाएको थियो ।
दुवै टिम फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
विजेताले उपाधिका लागि बंगलादेशको सामना गर्नेछ । भुटानलाई ४-० ले हराएर बंगलादेश फाइनल पुगिसकेको छ ।