एजेन्सी । भारतका पूर्व टेष्ट क्रिकेट टिमका ओपनर ब्याट्सम्यान माधव आप्टेको निधन भएको छ ।
मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा सोमबार आप्टेको ८६ वर्षको उमेरमा निधन भएको हो ।
आप्टेले १९५२ देखि ५३ सम्म भारतका लागि ७ टेष्ट क्रिकेट खेलेका थिए । जसमा आप्टेले ५४२ रन बनाएका थिए ।
पाकिस्तानविरुद्ध खेल्दै डेब्यु गरेका आप्टेले अन्तिम खेल वेष्ट इण्डिजविरुद्ध खेलेका थिए । उनले ६७ फस्ट क्लास क्रिकेट खेलेका थिए ।
आप्टे भारतकै पुरानो क्लब क्रिकेट क्लब अफ मुम्बईका पूर्व अध्यक्ष समेत हुन् ।