काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
एपीएफको हलचोक मैदानमा जारी खेलको पहिलो हाफ सकिदा नेपाल १-० ले पछि परेको छ । खेलको ४१ औं मिनेटमा यशी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका हुन् । नेपाली डिफेन्डर बल क्लियर गर्न नसक्दा भुटानले अग्रता बनाएको हो ।
खेलमा नेपालले पाएको केहि राम्रो अवसर खेर फाल्दा पहिलो हाफमा १-० ले पछि परेको हो ।
सेमिफाइनलको यात्रा तय गर्न नेपाललाई यस खेल जित्नै पर्ने दबाब रहेको छ । पराजित भए नेपाल समूह चरणबाट बाहिरिने छ ।
प्रतियोगिताको समूह 'ए' मा रहेको नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको थियो ।