काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ ।
एपीएफको हलचोक मैदानमा हुने खेलका लागि नेपालले प्लेईङ-११ को घोषणा गरेको छ । नेपालले मनिष डाँगी र बृजेश चौधरीलाई अग्र पंक्तिको जिम्मेवारी दिएको छ ।
माल्दिभ्ससँग खेलेको टिममा दुई खेलाडी परिवर्तन गरिएको छ । रोशन दोङ र रोशन मगरको स्थानमा मनिष थापा र अन्जल महर्जन टिममा राखिएको छ ।
प्रतियोगिताको समूह 'ए' मा रहेको नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको थियो ।
यसअघि नेपाल र भुटान भएको अघिल्ला दुई संस्करणको उपाधि नेपालले जितेको थियो ।
प्लेईङ-११
गोलकिपर : विशाल सुनार
डिफेन्डर : अन्जल महर्जन, नविन गुरुङ, विशाल बस्नेत, रन्दिप पौडेल
मिडफिल्डर : शिशिर लेखि, जया गुरुङ, मनिष थापा, नितिन थापा
फरवार्ड : मनिष डाँगी, बृजेश चौधरी
